दफा १७
तोकिएको अधिकारी वा अड्डाको अधिकार क्षेत्र
: कसैले यो ऐन वा यस ऐन अन्तर्गत सूचित आदेशको उल्लघंन गरेमा तोकिएको अधिकारी वा अड्डाले जग्गा जफत गर्न वा रु. ५००।– सम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो निर्णय वा फैसलामा चित्त नबुझ्ने पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।